सुनसरीमा लुटेरा समूहको प्रतिकार गर्दा युवकको हत्या भएको प्रहरीको अनुमान

सुनसरी | साउन ६, २०८०

सुनसरीमा लुटेरा समूहको प्रतिकार गर्दा युवकको हत्या भएको प्रहरीको अनुमान

सुनसरीमा गोली हानेर एक जना युवकको हत्या लुटेर समूहले गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ। 

 

शुक्रबार साँझ साढे ५ बजे इटहरी उपमहानगरपालिका(२० सेउती पुल नजिकै एक युवकको गोली हानेर हत्या भएको थियो। विराटनगर महानगरपालिका(५ का २८ वर्षीय रोहित चौधरीको गोली हानेर हत्या भएको हो।

 

उनी र अर्का एक जना युवती साथी तमोर पुगेर मोटरसाइकलमा विराटनगर फर्किँदै थिए। इटहरी(धरान सडकखण्डको बीच जंगलमा पुगेपछि उनीहरू पानी खान रोकिएका थिए। त्यसैबीच तीन जना पुरूष जंगलबाट आएको जिल्ला प्रहरी कार्यालयका डिएसपी राजकुमार राईले जानकारी दिए।  

 

डिएसपी राईका अनुसार तीन जना पुरूषले खुकुरी र पेस्तोल बोकेका थिए।  उनीहरूले ती युवतीले लगाएको सुनका गहना लुट्ने प्रयास गरे। तर चौधरीले त्‍यसको प्रतिकार गरेका थिए। 

 

‘लुटेरा समूहले सुन लुट्न खोजेको देखिन्छ। युवकले प्रतिकार गरेपछि लुटेरा समूहले गोली हानेको देखिन्छ,’ डिएसपी राईले भने। चौधरीको दाहिने कुममा गोली लागेको थियो। युवती सकुशल छिन्। गोली हानेपछि लुटेरा समूह जंगल पसेर भागेको डिएसपी राईले बताए।

 

‘युवतीलाई केही भएको छैन। घटना भएपछि हारगुहार गरी एम्बुलेन्स बोलाएर युवकलाई अस्पतालमा पुर्‍याइएको थियो,’ उनले भने। चौधरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो। प्रहरीले हत्यामा संलग्न व्यक्तिहरूको खोजी गरिरहेको छ। 

पोखरा:   कास्की क्षेत्र नम्बर २ का नेकपाका उम्मेदवार हेमबहादुर थापा (आमोद)ले सुकुम्बासी तथा अव्यवस्थित बसोबासी समस्याको स्थायी समाधान गर्न नेकपाको नेतृत्व आवश्यक रहेको बताएका छन् ।   अखिल ने...

थप पढ्नुहोस्

पाेखरा:   कास्की क्षेत्र नम्बर १ मा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सहिदको शालिकमा माल्यार्पण गरेर घेटघाट शुरु गरेको छ ।   सो क्षेत्रका प्रत्यक्ष तर्फका उम्मेदवार राजकाजी गुरुङसहितको टोलीले...

थप पढ्नुहोस्

पोखरामा प्रतिभा सुपर लिग (पिएसएल) क्रिकेट प्रतियोगिता शुरु भएको छ ।   प्रतिभा मावि पोखराको आयोजना तथा पोखरा महानगरपालिका क्रिकेट संघको सहयोग र समन्वयमा पोखरामा आजदेखि अन्तर माध्यमिक विद्यालय क्रिक...

थप पढ्नुहोस्